बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध : एउटा पिकअप भ्यान बगायो | Khabarhub Khabarhub

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध : एउटा पिकअप भ्यान बगायो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले तरकारी बोकेको एउटा पिकअप भ्यानसमेत बगाएको छ। भ्यान बाढीले भत्काएको सडकमा फसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ। अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन्।

नवलपरासी अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ८ : ४१ बजे

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ

अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन

अछाम– भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये

फेवाको साँधमा गाडियो थप आठ पोल

पोखरा-सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ ।

बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा