गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु | Khabarhub Khabarhub

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

इजरायल – उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ। राहत वितरणमा लुटपाट सुरु भएको छ। हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ।

यसै घटनाका बारे इजरायली सेनाले केही प्रतिक्रिया जनाएको छैन तथापि पछिल्लो केही दिन यता इजरायली सेनाले त्यस क्षेत्रमा आतङ्ककारीलाई लक्षित गर्दै प्रहार गरिएको जनाउँदै आएको छ।

स्थानीय श्रोतका अनुसार बिहीबार ४४ जना मारिएका छन्। यसरी मारिनेमा केन्द्रको बुरुजी शरणार्थी शिविरका छन्। यसको एक दिन अघि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दुई जनालाई गोली प्रहार गरेर मारिएको जानकारी दिएको थियो।

अमेरिका र इजरायलको साथ पाएको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरणमा रफाहामा ५० जना घाइते भएको जनाइएको थियो। त्यस समयमा भाग दौडमा यसरी धेरै जना च्यापिएका थिए।

लासहरू भुइँमा ढलेका मुटु नै काँप्ने किसिमका दृश्य सामाजिक सञ्जालमा देखिन थालेका छन। राहत वितरणमा लुटपाट मच्चिन थाले पछि स्थानीय प्रहरीले त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा इजरायली सेनाले आक्रमण गरेको हो।

आइडिएफले भने अन्तर्राष्ट्रिय कानुनको अवज्ञा नभएको दाबी गरिरहेको छ। गत वर्षदेखि नै इजरायलले विभिन्न समयमा त्यहाँको प्रशासनले राखेको प्रहरीको ज्यान लिने गरेको छ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : ०० बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड