मिल सञ्चालन हुँदा स्थानीयलाई सहज | Khabarhub Khabarhub

मिल सञ्चालन हुँदा स्थानीयलाई सहज


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।

विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी-पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाले भने, ‘पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो । हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । अब सो समस्या हटेको छ, गाउँमै कुटानी-पिसानी हुन थालेको छ ।’

मिल स्थापना भएपछि गहुँ मकैलगायत अरू अन्न कुटानी-पिसानीका लागि करिब तीन घण्टा हिँडेर घट्ट जानै पर्ने बाध्यता हाल अन्त्य भएको स्थानीयवासी दिनेश रोकायाले बताए ।रासस
 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : ५६ बजे

पक्राउ परेका नेता रिहा भएपछि राजवादी समूहको आजको उपत्यका बन्द फिर्ता

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका

जेठ १९: दरबार हत्याको २४औँ स्मृति दिवस

काठमाडौं – पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ १९ गते सोमबार। जेठ

आज २०८२ साल जेठ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १९ गते सोमबार। जेठ