बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ | Khabarhub Khabarhub

बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् । 

उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गर्नुभएको थियो । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेका छन् । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलो पटक बाख्राको दूधबाट चिज उत्पादन गरेका हुन् ।

गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् ।  तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एक दिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए ।  

‘यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी रु दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट रु तीन लाखसम्म आम्दानी गरिरहेको छु’, उनले भने, ‘चिजको माग उच्च छ, पुर्‍याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु ।’

बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनी व्यावसायिक उत्पादन गर्न थालेको बताए । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए । 

विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएका थिए  । त्यही सोचका साथ विसं २०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो ।  

‘बाख्रा खरिद तथा खोर निर्माणमा तीन लाख ५० हजार रुपैयाँ लगानी गरेको थिए । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिए हाल महिनामै सुरुको लगानी जति आम्दानी गरिरहेको छु’, गुरुङले सुनाए ।

नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताउँछन् ।

‘केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उनले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ’, उनले भने । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ०९ बजे

कोलोराडोमा प्रदर्शनमै भयो हमला

कोलोराडो – अमेरिकाको कोलाराडो सहरमा भएको प्रो इजरायली प्रदर्शनमा एक

राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती

काठमाडौं – राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक

विश्वकप लिग-२: स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली

यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा

पोखरा – ‘इन ड्राइभ’ सवारी सेवा प्रयोग गरी यात्रुहरूसँग कानूनबिपरीत

रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

किभ– युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला