क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री खड्का « Khabarhub

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री खड्का


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

‘कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ’, मन्त्री खड्काले भने,’यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरहेको छ ।’

उनले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।

उनले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए । रासस 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : २८ बजे

ट्रम्पको चीन भ्रमण : व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मंगलबार राति चीन

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति