नजिकिँदै शेखर–गगन, ११ महिनापछि तोडियो संवादहीनता « Khabarhub

नजिकिँदै शेखर–गगन, ११ महिनापछि तोडियो संवादहीनता


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आगामी सभापतिका लागि छट्टाछुट्टै तयारी गरिरहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच लामो समयपछि भेटवार्ता भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा एउटै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच शुक्रबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो । विगत ११ महिनादेखि संवादमा नरहेका नेता कोइराला र महामन्त्री थापाबीच शुक्रबार संवाद भएको कोइरालानिकट स्रोतले पुष्टि गरेको छ ।

‘सभापतिले शुक्रबार अनुशासन समितिको बैठक बोलाउनुभएको थियो । त्यसअघि डाक्सापले महामन्त्रीलाई आफ्नो सचिवालयमा बोलाएर कुराकानी गर्नुभएको हो,’ कोइरालानिकट स्रोतले भन्यो ।

दुई नेताबीच दूरी बढ्नु समूहका लागि राम्रो नभएको भन्दै नेता–कार्यकर्ताहरूले संवाद गर्नुपर्ने दबाब दिन थालेपछि कोइराला र महामन्त्री थापाबीच भेट भएको बताइएको छ । उक्त भेटमा केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम र राजीव कोइराला पनि सहभागी थिए ।

स्रोतले कोइराला र थापाबीच केहीबेर एक्ला–एक्लै समेत कुराकानी भएको दावी गरेको छ । कांग्रेस र एमाले गठबन्धन सरकारको मन्त्रिपरिषद्मा पठाउने नेताहरूबारे छलफल गर्दा उनीहरूबीच पछिल्लो संवाद भएको थियो ।

त्यसयता कोइराला–थापाबीच शुक्रबार भेटवार्ता भएको हो । स्रोतका अनुसार शुक्रबारको भेटमा उनीहरूबीच पार्टीको अनुशासन समितिको काम–कारबाही, क्रियाशील सदस्यता, आगामी महाधिवेशनको कार्यतालिका लगायत विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ३१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको