नजिकिँदै शेखर–गगन, ११ महिनापछि तोडियो संवादहीनता « Khabarhub

नजिकिँदै शेखर–गगन, ११ महिनापछि तोडियो संवादहीनता


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आगामी सभापतिका लागि छट्टाछुट्टै तयारी गरिरहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच लामो समयपछि भेटवार्ता भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा एउटै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच शुक्रबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो । विगत ११ महिनादेखि संवादमा नरहेका नेता कोइराला र महामन्त्री थापाबीच शुक्रबार संवाद भएको कोइरालानिकट स्रोतले पुष्टि गरेको छ ।

‘सभापतिले शुक्रबार अनुशासन समितिको बैठक बोलाउनुभएको थियो । त्यसअघि डाक्सापले महामन्त्रीलाई आफ्नो सचिवालयमा बोलाएर कुराकानी गर्नुभएको हो,’ कोइरालानिकट स्रोतले भन्यो ।

दुई नेताबीच दूरी बढ्नु समूहका लागि राम्रो नभएको भन्दै नेता–कार्यकर्ताहरूले संवाद गर्नुपर्ने दबाब दिन थालेपछि कोइराला र महामन्त्री थापाबीच भेट भएको बताइएको छ । उक्त भेटमा केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम र राजीव कोइराला पनि सहभागी थिए ।

स्रोतले कोइराला र थापाबीच केहीबेर एक्ला–एक्लै समेत कुराकानी भएको दावी गरेको छ । कांग्रेस र एमाले गठबन्धन सरकारको मन्त्रिपरिषद्मा पठाउने नेताहरूबारे छलफल गर्दा उनीहरूबीच पछिल्लो संवाद भएको थियो ।

त्यसयता कोइराला–थापाबीच शुक्रबार भेटवार्ता भएको हो । स्रोतका अनुसार शुक्रबारको भेटमा उनीहरूबीच पार्टीको अनुशासन समितिको काम–कारबाही, क्रियाशील सदस्यता, आगामी महाधिवेशनको कार्यतालिका लगायत विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै