द्वन्द्वपीडितलाई आयोगमा राख्नु उचित हुँदैन : अध्यक्ष थापा | Khabarhub Khabarhub

द्वन्द्वपीडितलाई आयोगमा राख्नु उचित हुँदैन : अध्यक्ष थापा


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताएका छन् ।  

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताएका हुन् । उनले आयोगमा रहँदा आफूले कानूनभन्दा तलमाथि नगर्ने बताए ।

थापाले आयोगलाई काम गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरूको अस्वाभाविक दबाब स्विकार्न नसकिने बताए ।

अध्यक्ष थापाले द्वन्द्वपीडितले अस्वाभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरुपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाए  । 

द्वन्द्वपीडितले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएर मात्रै अभिव्यक्ति दिन उनले सुझाव दिए । उनले आयोगका अहिलेको नेतृत्वबाट न्याय पाउने आस नरहेको बताए ।  

त्यस्तै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सबैको सहयोगमा नै पीडितलाई न्याय हुने गरी कार्यसम्पादन गर्ने बताइन् ।

उनले गम्भीर मानवअधिकार उलंघनका घटनामा क्षमादान नहुने भएकाले त्यसमा गम्भीर रहेको धारणा राखिन् । 

त्यस्तै समिति सदस्यहरूले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरी पूर्वाग्रही नभई काम गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : २९ बजे

७०० फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँ– जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुलरिया नगरपालिका-२ बस्ने

४४ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा तस्कर पक्राउ

काठमाडौं- दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय

एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान

पाँचखालका छ हजार परिवारमा खानेपानी पुर्‍याइँदै

काभ्रेपलाञ्चोक– पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम