शेखर भन्छन् : पार्टीका नेता-कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्छ | Khabarhub Khabarhub

शेखर भन्छन् : पार्टीका नेता-कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्छ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी संघको बागमती प्रदेश कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताएका हुन् । 

‘राम्रो कामलाई राम्रो भन्नुपर्छ । गलत गरेको छ भने गलत पनि भन्न सक्नुपर्‍यो । गलत भन्नै नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौँ । हामी नेपाली कांग्रेसका कार्यकर्ता हुँदैनौँ,’ नेता कोइरालाले भने, ‘बीपीले भन्नुभएको थिएन, गलत कुरालाई टुलुटुलु हेरेर बस्ने तिमीहरू दास हौँ भनेर भन्नुभएको थियो । त्यो कुरा तपाईँहरूले सम्झिनुस् ।’

उनले कांग्रेस सरकारमा भए पनि सत्ता नभएको दोहोर्‍याए । ‘कांग्रेस सरकारमा छ भनेर हामी नबोल्ने हो त ? मलाई लाग्दैन । मेरो आफ्नो विचार के छ भने हामी सरकारमा छौँ तर सत्तामा छैनौँ,’ कोइरालाले भने, ‘राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ ।’ 

उनले सरकारमा रहेका मन्त्रीहरूले सहकार्य गरे पनि सरकार बाहिर रहेका नेताहरूले गलतलाई लगत र असललाई असल भन्नुपर्नेमा जोड दिए ।

‘मन्त्रीहरूले सहकार्य गरून् तर हामी जो बाहिर बसेका छौँ तपाई हामीहरू, असललाई असल काम भनौँ, खराबलाई खराब भनौँ,’ कोइरालाले भने ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ३३ बजे

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने