शेखर भन्छन् : पार्टीका नेता-कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्छ « Khabarhub

शेखर भन्छन् : पार्टीका नेता-कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्छ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताले गलतलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी संघको बागमती प्रदेश कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताएका हुन् । 

‘राम्रो कामलाई राम्रो भन्नुपर्छ । गलत गरेको छ भने गलत पनि भन्न सक्नुपर्‍यो । गलत भन्नै नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौँ । हामी नेपाली कांग्रेसका कार्यकर्ता हुँदैनौँ,’ नेता कोइरालाले भने, ‘बीपीले भन्नुभएको थिएन, गलत कुरालाई टुलुटुलु हेरेर बस्ने तिमीहरू दास हौँ भनेर भन्नुभएको थियो । त्यो कुरा तपाईँहरूले सम्झिनुस् ।’

उनले कांग्रेस सरकारमा भए पनि सत्ता नभएको दोहोर्‍याए । ‘कांग्रेस सरकारमा छ भनेर हामी नबोल्ने हो त ? मलाई लाग्दैन । मेरो आफ्नो विचार के छ भने हामी सरकारमा छौँ तर सत्तामा छैनौँ,’ कोइरालाले भने, ‘राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ ।’ 

उनले सरकारमा रहेका मन्त्रीहरूले सहकार्य गरे पनि सरकार बाहिर रहेका नेताहरूले गलतलाई लगत र असललाई असल भन्नुपर्नेमा जोड दिए ।

‘मन्त्रीहरूले सहकार्य गरून् तर हामी जो बाहिर बसेका छौँ तपाई हामीहरू, असललाई असल काम भनौँ, खराबलाई खराब भनौँ,’ कोइरालाले भने ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ३३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको