राइड शेयरिङ : अमेरिकादेखि चीनसम्म, पौने २ खर्ब डलरको कारोबार « Khabarhub

राइड शेयरिङ : अमेरिकादेखि चीनसम्म, पौने २ खर्ब डलरको कारोबार


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपालमा जस्तै विश्वभर नै राइड शेयरिङ क्षेत्रको बजार व्यापक विस्तार भइरहेको देखिन्छ ।

सन् २०२५ मा विश्वभर राइड शेयरिङ सेवाको कुल आम्दानी १ खर्ब ७५ अर्ब ७३ करोड अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले धेरै हो ।

यसै अनुसार हरेक वर्ष राइड शेयरिङ क्षेत्रको बजार बढ्दै जाने हो भने सन् २०२९ सम्म यो २ खर्ब १२ अर्ब ७५ करोड डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०२५ मा चिनियाँ राइड शेयरिङ क्षेत्रले सबैभन्दा धेरै आम्दानी गर्दै आएका छन् । यस वर्ष चीनमा यस्तो सेवामार्फत ६४ अर्ब डलर आम्दानी हुने गरेको छ ।

अमेरिकामा चाहिँ राइड शेयरिङ सेवा प्रदायक कम्पनीले स्थानीय सरकारको नियमन खेप्दै आएका छन् । भविष्यमा अमेरिकी बजारमा राइड शेयरिङ कम्पनी गाभिने र थोरै मात्रै कम्पनीहरु अस्तित्वमा रहने अनुमान गरिएको छ ।

हाल विश्वको २४.१ प्रतिशत जनसङ्ख्या अर्थात झण्डै २ अर्ब मानिसहरु राइड शेयरिङ सेवा प्रयोग गर्छन् ।

सन् २०२९ मा यो बढेर २८.५ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड पुग्ने अनुमान गरिएको छ ।

हाल विश्वमा एक जना प्रयोगकर्ताले राइड शेयरिङ गर्दा औसतमा ९३ डलर अर्थात् १२ हजार ७ सय रुपैयाँ तिर्छन् ।

सबै तथ्यांक – स्टाटिस्टाबाट

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०७ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो