डा रुइतसहित तीन जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित « Khabarhub

डा रुइतसहित तीन जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा सन्दुक रुइत सम्मानित भएका छन् ।

आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले तिलगंगा आँखा अस्पतालका निर्देशक एवं संस्थापक डा सन्दुक रुइतलाई नगद रु. पाँच लाखसहित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेकी हुन् ।

त्यस्तै कार्यक्रममा रदी मियाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग पुरस्कार प्रदान गरेकी थिइन् ।

त्यस्तै विकल्प ढुंगानालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग पुरस्कार प्रदान गरेकी थिइन् ।

राष्ट्रिय प्रतिभा अनुदान सहयोगको राशी जनही २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : ३९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल