गण्डकीलाई बजेट परेन भन्नु सत्य होइन : सदस्य सचिव « Khabarhub

गण्डकीलाई बजेट परेन भन्नु सत्य होइन : सदस्य सचिव


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट नपरेको भन्ने कुरा सत्य नभएको बताएका छन् । 

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट भाषणमा मुख्य मुख्य केही योजनालाई समेटेर बजेट सुनाउने गरेको र गण्डकीका लागि पर्याप्त मात्रामा बजेट विनियोजन भएको बताएका हुन । 

नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखरा क्रिकेट मैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन हुने र ती बाहेक राखेपले रातो किताबमा सात वटै प्रदेशका खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको सुनाए । 

आर्थिक वर्ष २०८२/०८३ मा खेलकुदको बजेट ६ अर्ब ८ करोडको रहेको छ । यो बजेट खेलकुदमा हालसम्मकै उच्च हो । गत वर्ष तीन अर्व ५० करोड बजेट विनियोजन भएको थियो । 

‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ नेपाली खेलकुदको इतिहासमा अंकमा बजेट निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शून्य भन्ने कुरा सत्य होइन । बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, ‘मन्त्रालयको बजेट कति रह्यो र कार्यक्रमका मुल मुल हाइलाइट्स राखेर पुरा बजेटलाई पेश गर्ने कुरा हो । त्यसकारणले सदस्य सचिवको हिसाबले परिषद्को बजेटमा गण्डकीका पूर्वाधार परेका छन् भन्न चाहन्छु ।’ 

पोखरा रंगशालाभित्रको क्रिकेट मैदानका लागि बजेट विनियोजन भएको र यस अघि आएको भन्दा तेब्बर बजेट आउने समेत उनले सुनाए । 

२०२७ मा महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपालमा हुने खेलका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नतीको काम चलिरहेको र सोही कामका लागि तेब्बर बजेट विनियोजन हुने सुनाएका हुन् । 

फुटबल मैदानका लागि हाइमास्ट फ्लड लाइटका लागि नेपाल उड्ययन प्राधिकरणसंग बारम्बार छलफल गरेपनि स्विकृत नपाएको समेत सुनाउँदै त्यसका लागि दोस्रो विकल्पमा आगामी दिनमा जाने सुनाए । यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

उनले यथाशीघ्र उक्त सभाहल प्रदान गर्ने समेत बताए । मञ्चलाई हल प्रदान गर्नका लागि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहल गरेका थिए । उनले अध्यक्षमा नियुक्ति भए लगत्तै मञ्चका लागि हल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ४० बजे

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा