ट्रम्पले बढाए स्टिलको आयात कर « Khabarhub

ट्रम्पले बढाए स्टिलको आयात कर


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने स्टिलमा लगाइने करमा २५ प्रतिशत बाट थप बढाएका छन्। उनले ५० प्रतिशत करको घोषणा गरेका हुन्।

पेनसेल्भिनियामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। देशमा स्टिलको उत्पादन बढाउनका लागि यो निर्णय गरेको उनको भनाइ छ। युएस स्टिल र जापान स्टिल बिच सहकार्यको निर्णय भएपछि उनले थप १४ अर्ब अमेरिकी डलर स्टिल उत्पादनमा लगानी गर्ने बताएका छन्।

यो साझेदारको सबै विवरण भने बाहिर आइसकेको छैन। उनले स्टिल कम्पनीमा काम गर्ने हरेक कामदारले पाँच हजार अमेरिकी डलर बोनस दिने घोषणा गरेका छन्।

पेनसेल्भिनियाको पिट्सवर्गमा उनले सो घोषणा गरेका हुन्। त्यहाँ अमेरिकाको सबै भन्दा ठुलो स्टिल कम्पनी छ। सो कम्पनी उनले सन् २०१८ मा स्थापना गरेका थिए।

करको बारे अमेरिकाको व्यापार अदालतले गरेको निर्णय उल्ट्याउँदै पुनरावेदन अदालतले ट्रम्प नीतिलाई निरन्तर राख्ने अनुमति दिएपछि उनले यो घोषणा गरेका हुन्।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : ५८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको