प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू) « Khabarhub

प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू)


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

अपर मुस्ताङ, लाेमान्थाङलगायत यहाँका ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ ।  यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा जगेर्ना गर्दै आएका छन् ।

प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौँ पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन् ।

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन् ।

जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिदै गएकोमा स्थानीयवासीका साथै पर्यटक पनि चिन्तित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १० : २८ बजे

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक