व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी जग्गा सरकारको नाममा फिर्ता | Khabarhub Khabarhub

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी जग्गा सरकारको नाममा फिर्ता


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ ।

यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

आर्थिक वर्ष २०६०-०६१ मा थाहा भएको यस विषयमा अनुसन्धानपश्चात् आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरिएको थियो । सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा कालभैरबको विशाल मूर्ति स्थापना गरिएको चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । 

उनले भने, ‘व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीकै पहलमा पुनः सरकारकै नाममा फिर्ता आएको छ । यसको संरक्षण गर्न स्थानीय सरकार र स्थानीयवासी लागिरहेका छौँ । यही जग्गामा ढुङ्गाबाट कालभैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठासमेत गरेका छौँ ।’

यहाँ करिब २० लाखमा अर्को एक मन्दिर निर्माण गर्ने, करिब २० लाखकै लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रको रूपमा विकास गरी  पर्यटक भित्र्याउने लक्ष्यसहित काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

रासस

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १२ : ३० बजे

कान्तिलोकपथ सडक चार दिन बन्द हुने

बागमती–  कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको  मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको

‘करेन्ट’ लागेर जङ्गली हात्ती मर्यो

भद्रपुर – यहाँस्थित कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट)

अफ्रिकाको विकासमा बिल गेट्सको चासो

एजेन्सी- माइक्रोसफ्टका संस्थापक विल गेट्सले अफ्रिकाको स्वास्थ्य र शिक्षा अबको