‘एक घर, एक धारा’ अभियानले ल्याएको खुसी  « Khabarhub

‘एक घर, एक धारा’ अभियानले ल्याएको खुसी 


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन–  जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आएपछि दङ्ग छन् ।

भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको रु १३ लाख ३० हजार एक सय १३, गाउँपालिकाको रु सात लाख सात सय ७७ र जनश्रमदान आठ लाख छ हजार तीन सय ७१ गरी कूल २८ लाख ३७ हजार दुई सय ६१ मा ५५ धारा निर्माण गरिएका छन् । भल्कोट गाउँमा चार हजार नौ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पुर्‍याइएको हो ।

नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ । यस्तै, बुढाथोकमा नेवाको ११ लाख ५५ हजार १५, गाउँपालिकाको छ लाख ६४ हजार नौ सय ५५ र जनश्रमदान छ लाख ५७ हजार नौ सय आठ गरी कूल २४ लाख ७७ हजार आठ सय ७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए । 

यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पुर्‍याएको छ । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए।  

घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताए। स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ । 

अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भने, ‘गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ । सानो पानी आउने, धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए। अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पुर्‍याउने काम गरिरहेको उनले जानकारी बताए।  एक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १ : १५ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले