मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण « Khabarhub

मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् । 

कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण  गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका हुन् । उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए। उनका अनुसार आज साँझबाट नै एकतर्फी रुपमा धनकुटा धरानको सडक सञ्चालन हुनेछ। 

आज बिहान बाढीले मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात  अवरुद्ध भएको छ। कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सजग रहन आग्रह समेत गरेको मन्त्री भण्डारीले बताए। 

उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत गरेको जानकारी दिए।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै