सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल  | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल 


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ ।  

आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘आव २०८२-८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभाका सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले आ–आफ्नो धारणा राखेका थिए ।

आर्थिक मामिलामन्त्री थापाले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा राज्यका निर्देशक सिद्धान्त, मौलिक हक र प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई मार्गदर्शकका रूपमा लिइएको बताए। 

उनले भने ‘कार्यान्वयन हुन नसक्ने योजना पहिचान गरी विगतको कमीकजोरी सुधार गर्दै सन्तुलित बजेट निर्माण हुनेछ ।’  

आजको बैठकले सरकारको नीति कार्यक्रमको सम्बोधनका लागि ‘प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशसभा बैठकले धन्यवाद ज्ञापन गर्दछ’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखबाट शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत भएको सरकारको आगामी आव २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रमको एकप्रति सभासमक्ष टेबुल गरेका थिए । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : ०७ बजे

जमिन हल्लिन थालेपछि पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

एजेन्सी – पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका

कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

सुर्खेत – कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीले आन्दोलन स्थगित गरेका

जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको

स्थानीय तहले अटेरी गरेपछि राजस्व उठाउन कार्यालय खोल्दै गण्डकी सरकार

पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक आय बढाउन भन्दै गृहकार्य

आजका समाचार : गृहमन्त्रीको राजिनामामा अड्कियो संसद्, सिन्डिकेटका नाममा यातायात व्यवसायीको ज्यादती र भएन रुस युक्रेन युद्ध विराम 

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठकप्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका