विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी : उपप्रधानमन्त्री सिंह « Khabarhub

विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी : उपप्रधानमन्त्री सिंह


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताएका छन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान-योग’ छाता कार्यक्रमको राष्ट्रिय शुभारम्भ समारोहमा उनले कुनै पनि देशमा शान्ति कायम हुनुअघि त्यस देशका प्रत्येक नागरिकमा शान्तिको अनुभूति हुनुपर्नेमा जोड दिए । 

व्यक्ति, व्यक्तिमा शान्ति कायम गराउन केन्द्रले चलाएको ध्यान-योग छाता कार्यक्रमले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । केन्द्रले यसअघि पनि देशका विभिन्न स्थानमा शान्ति स्थापनाका लागि गरिरहेको आध्यात्मिक गतिविधिको उनले प्रशंसा गरे । यो अभियानलाई धेरैभन्दा धेरै मानिसका बीचमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

केन्द्रका राजयोग प्रशिक्षक ब्रह्मकुमार रामसिंह ऐरले विश्वमा एकता र विश्वासका लागि ध्यान-योग छाता कार्यक्रम आवश्यक रहेको बताए । व्यक्तिले स्वयंमा शान्तिको अनुभव गरेपछि विश्व शान्तिका लागि टेवा पुग्ने उनको भनाइ छ ।

भारतको माउन्ट आबुस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका सुनैना दिदीले ध्यानस्थलमा सकारात्मक ऊर्जा प्रवाह भई शान्तिका लागि सहयोग पुग्ने भएकाले ध्यान-योग छाता कार्यक्रमको शुभारम्भ नेपालमा गरिएको बताए।

 केन्द्रकी राजयोगिनी ब्रह्मकुमारी कुसुम दिदीले आज शुभारम्भ गरिएको कार्यक्रम देशका अन्य भागमा पनि विस्तार गरिने जानकारी दिए ।
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ५३ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको