यातायात बन्दको मारमा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो (तस्बिरहरू) | Khabarhub Khabarhub

यातायात बन्दको मारमा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि स्कर्टिङ्ग गरिएको छ । 

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई जेठ १८ गते बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ । 

डिएसपी शैलेन्द्र थापाका अनुसार गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरूलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेका हुन् ।  

शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ५५ बजे

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका

नहरमा डुबेर एक जनाको मृत्यु

बर्दिया– ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित