जागरण अभियानबाट गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको छ– प्रचण्ड « Khabarhub

जागरण अभियानबाट गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको छ– प्रचण्ड


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायक जनताका मोर्चाहरूलाई पनि क्रियाशील र गतिशील बनाउने र लाखौं करोडौं जनतासँग फेरि जोडिने अभियान सुरु भएको बताएका छन् । उनले फेरि एकचोटि वर्ग, क्षेत्र, समुदायका मोर्चाहरूलाई पुनर्जागृत गर्ने अभियान माओवादी केन्द्रले सुरु गरेको बताए ।

आइतबार योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले तराई मधेसमा चलाएको अभियान, अहिले चलिरहेको मध्यपहाडी अभियान र पर्सी २० गतेबाट सुरु हुने उपत्यका जागरण अभियानले गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको बताए ।

‘हामीले खाली अभियान मात्र चलाएका छैनौं । हामीले हाम्रो विचार, हाम्रो वर्ग, हाम्रो समुदायसँग फेरि पार्टीलाई, पार्टीको लाइन र लिडरसिपलाई जोड्ने काम गरेका छौं,’ प्रचण्डले भने, ‘त्यतिमात्र काम गरेका छैनौं, हामीले यसबारेमा रहेका केही सैद्धान्तिक विषयको पनि निरुपण केन्द्रीय समितिको बैठकबाट गरेका छौं ।’

प्रचण्डले माओवादी केन्द्रभित्र यसबीचमा देखिएको सैद्धान्तिक विभ्रम हटाउने काम पनि गरेको बताए । उनले समाजवादी क्रान्ति कालमा उत्पीडित जाति, क्षेत्र र समुदायका मोर्चाहरू झन बढी आवश्यक हुने र तिनीहरुलाई वर्ग संघर्षकै अङ्गका रुपमा अगाडि बढाउने आवश्यकता समाजवादी कालमा झन बढी हुन्छ भनेर सैद्धान्तिक ‘कन्फ्युजन’ लाई अन्त्य गरेको बताए । प्रचण्डले केन्द्रीय समितिको बैठकबाटै दस्तावेजीकरण गरेर अहिले व्यवहारमा उतारेको बताए ।

‘होलिस्टिक एप्रोच भन्छ, तपाईंले सुन्नु भएको होला’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘समग्रमा नै नेपाली क्रान्तिलाई हामीले समाजवादी क्रान्ति कालमा उत्पीडित जातिहरू क्षेत्र र वर्गहरूलाई आत्मनिर्णयको सैद्धान्तिक स्वीकृतिको कार्यक्रम आवश्यक छ कि छैन ? एउटा विवाद, एउटा कन्फ्युजन एउटा विभ्रम बीचमा थियो । चाहिँदैन कि अब भन्ने ? त्यसलाई क्लियर गर्‍यौं ।

प्रचण्डले आधारभूत रुपले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेपछि अब जातीय, क्षेत्रीय मोर्चाहरू बनाउने त्यसमा फेरि जनतालाई आन्दोलित गर्न आवश्यक छ कि छैन भन्ने बारेमा रहेको कन्फ्युजन र अहिलेको केन्द्रीय समितिको दस्तावेजले पूरै क्लियर गरेको बताए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ४ : ३९ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको