मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार   | Khabarhub Khabarhub

मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार  


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

आइतबार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिपर गति अनियन्त्रित भई बाटोको साइडमा पल्टिदा  टिपरमै च्यापिएका चालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । 

डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट  सुरक्षाकर्मी घटनास्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चालकको उद्धार गरेको हो । नाम वतन नखुलेका चालकलाई उपचारको लागि भरतपुर तर्फ पठाइएको छ । 
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ३० बजे

एउटै किसानले फलाउँछन् दैनिक पाँचसय केजी बोडी

झापा- विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको

तारकेश्वरकी उपप्रमुख भन्छिन् : न्यायिक सम्पादन जटिल, फेरि चुनाव लड्न मन छैन ? भन्दै धम्की दिन्छन्

नेपालको संविधानको धारा २१७ मा व्यवस्था भएअनुसार कानूनबमोजिम आफ्नो अधिकार

ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन

काठमाडौं – दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण

कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दैछन्