के कारणले गर्भावस्थामा धेरै पेट दुख्छ ? « Khabarhub

के कारणले गर्भावस्थामा धेरै पेट दुख्छ ?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था मानिन्छ । यस अवस्थामा महिलामा धेरै परिवर्तन देखापर्छन् । विशेषतः शरीरका अंगहरुमा लचिलोपन हुने तथा शरीरमा आएको परिवर्तनले चिढ्चिढापन आउने गर्दछ ।

समय बित्दै जाँदा गर्भको आकार बढेर पेट ठूलो देखिने तथा अन्य अंग, मांसपेशी, आन्द्रा लगायतमा भार पर्ने गर्दछ । जसका कारण गर्भवती महिलाको पेट दुख्ने हुन्छ ।

हुनत गर्भावस्थामा पेट दुख्नु सामान्य अवस्था हो तर अत्याधिक दुख्यो वा बारम्बार दुदिरह्यो भने पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या भएको हुनसक्छ । जसलाई तुरुन्त चिकित्सकको सल्लाह बमोजिम निराकरण गर्नु आवश्यक हुन्छ । गर्भावस्थामा महिलाको पेट दुख्नुको अन्य कारण यसप्रकार छन्-

यदि महिलाको गर्भ डिम्बवाहिनी नलीमा रहेको छ भने यस्तो अवस्थामा तल्लो पेट दुख्ने गर्दछ । डिम्बबाहिनी नलीमा गर्भ रहेको छ भने यसले महिलामा रक्रश्रावको समस्या देखापर्न सक्छ । तर कहिलेकाहीँ यो आफै रोकिने समेत हुनसक्छ ।

अझ कतिपय महिलामा गर्भावस्थाको सुरुवातमा नै पाठेघरको पर्खालमा भ्रुण बस्ने गर्दछ । यो अवस्थामा पनि गर्भवती महिलाको पेट दुख्ने हुन्छ । केही महिलामा गर्भ रहेको ६ महिनापछि वा शिशु जन्मने समय नजिक कहिले योनीबाट रगत बग्ने तथा रोकिने हुनसक्छ । यस्तो अवस्थामा शिशुको नाल पाठेघरको घेराबाट खस्किन्छ र गर्भवती महिलालाई पीडा हुन्छ ।

खानपानको राम्रो ब्यवस्थापन नभएमा, काचो चिज खाएमा वा कब्जियत भएमा पनि पेट दुख्ने समस्या देखापर्छ । यसका लागी पूर्ण पोषिलो तथा झोलिलो खानेकुरा खाने तथा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।

केहि महिलामा प्रसूति हुनुभन्दा अघि पनि पेटमा अत्यधिक दुखाइ हुने गर्दछ । प्रसुतिको छोटो समयमा योनीबाट पानी र रगत बग्ने भएकाले यस्तो पीडा हुन्छ । तर गर्भावस्थाको पेट दुखाई अत्याधिक भएमा चिकित्सकको सल्लाह लिई स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : २४ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र