‘सबै किसिमका परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ’ « Khabarhub

‘सबै किसिमका परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ’


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन्  ।

नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आज आयोजित बृहत् स्वास्थ्य शिविरमा उनले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताए  ।

मन्त्री पौडेलले भने, ‘केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।’

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए । 

राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताए । उनले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश्वर गौतमले सधैँ जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताए। 

नेपाल प्रेस युनियन, काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्तपालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ०४ बजे

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म