बिकिनी अवतारमा खुल्दै गएकी स्वस्तिमा | Khabarhub Khabarhub

बिकिनी अवतारमा खुल्दै गएकी स्वस्तिमा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ । केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो ।

चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थाल्यो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् । पछिल्लो समय भने उनले सामाजिक सञ्जालमा उनले आफ्नो बिकिनी अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् ।

त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे । अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ । समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो कि? जे होस्, बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन् ।

सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो गर्नुपर्ने हुन्छ । अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, त्यो भने हेर्न बाँकी छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ४९ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ