७०० फरार प्रतिवादी पक्राउको सूचीमा | Khabarhub Khabarhub

७०० फरार प्रतिवादी पक्राउको सूचीमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ । फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। 
 
उनका अनुसार चालु आर्थिक वर्षका साउनदेखि वैशाख महिनासम्मको दश महिनाको अवधिमा फरार आठ सय एक्काईस जनामध्ये १२१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महिला सोह्र र पुरूष एक सय पाँच रहेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट सत्र वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ । 

‘प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो”, उनले भने, “अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।’ 

पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी अवैध नदीजन्य उत्खन्नमा संलग्न ८० सवारीसाधान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । ती सवारी साधानले स्थानीय तहमा रु दश लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६ दशमलव ७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ । 

जबर्जस्ती करणीका सोह्र, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा जघन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

 जुवातासका बाह्र वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो । उक्त जुवाखालबाट रू दश लाख तीन हजार चार सय पाँच रकम बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताए।  
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : १९ बजे

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको

माधव नेपालले भने : राष्ट्रलाई हानी हुने काम गरेको छैन

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुलुच्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुलुच्का उठाएर सहकारीको कोठा

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी – लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू

विश्व वातावरण दिवस : नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर – साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल