६ दशकपछि कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ को रिमेक | Khabarhub Khabarhub

६ दशकपछि कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ को रिमेक


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निजी क्षेत्रको लगानीबाट बनाइएको पहिलो नेपाली फिल्म हो- माइतीघर । आजभन्दा ५९ वर्षअघि यो फिल्म प्रदर्शनमा आएको थियो ।

यही नाम लिएर अहिले नयाँ फिल्म छायाङ्कनको चरणमा छ । रोहित अधिकारी फिल्मको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।

फिल्म ‘माइतीघर’ मा एउटा कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ समावेश छ । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘माइतीघर’ मा पनि यो गीत समावेश हुने भएको छ ।

यो गीतको रिमेक गरी छायाङ्कन पनि सम्पन्न भएको निर्माण पक्षले बताएको छ । यस गीतको शब्द किरण खरेलले लेखेका हुन् । ‘ओरिजिनल’ गीतमा भारतीय गायिका आशा भोस्लेको स्वर छ ।

रिमेकमा भने भारतीय गायिका सञ्जिवनीको स्वर रहने निर्माता रोहित अधिकारीले बताए । उनका अनुसार यस गीतको भिडियोको छायाङ्कन पनि पूरा भएको छ ।

भिडियोमा नायिकाहरू उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य रहेको बताइएको छ । निर्माता अधिकारीका अनुसार यस गीतमा ५० भन्दा बढी ‘कोरस डान्सर’ फिर्चड गरिएको छ ।

बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायाङ्कन भएको हो । गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । फिल्ममा कलाकार केदार घिमिरे, नायक धिरज मगर, प्रकाश सपुत र नायिकाहरू उपासना र श्यामश्री शीर्ष भूमिकामा रहेका छन् ।

यस फिल्मको छायाङ्कन ३२ दिनमा पूरा भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

गीत तीजकाे छेको पारेर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्मको प्रदर्शन मिति आगामी फूलपातीलाई तोकिएको छ ।

फिल्मको छायाङ्कन म्याग्दीको ताकम गाउँ र धारापानी गरिएको छ । मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा चन्द्रबहादुर दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको छ । निर्माताहरू रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २७ बजे

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित