१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतबार एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ ।

बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ३० बजे

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई