मस्कले नै उठाए ट्रम्प नीतिविरुद्ध आवाज : कर विधेयक घिनलाग्दो भएको प्रतिक्रिया « Khabarhub

मस्कले नै उठाए ट्रम्प नीतिविरुद्ध आवाज : कर विधेयक घिनलाग्दो भएको प्रतिक्रिया


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा एलन मस्कले आवाज उठाएका छन्। निर्वाचन अभियानदेखि केही दिन अघिसम्म निकट सहयोगी रहेका अर्बपति मस्क नै अहिले ट्रम्पको विरुद्धमा आवाज उठाउन थालेका हुन्।

राष्ट्रपति ट्रम्पको कर र खर्चका लागि प्रस्तुत गरेको विधेयकलाई मस्कले घिनलाग्दो र घृणित कामको संज्ञा दिएका छन्।

सो ऐनमा धेरै ट्रिलियन कर छुट तथा खर्चको अधिकार दिइएको छ। रक्षाका धेरै खर्च गर्न छुट दिइएको छ भने सरकारले धेरै रकम माग्न पनि सक्छ। मे महिनामा यो विधेयक पारित भएको हो। मस्कले सामाजिक सञ्जालमा लेख्दै यसमा मतदान गर्न पनि शरम लाग्नु पर्ने कुरा उल्लेख गरेका छन्।

१२९ दिन डोगको रूपमा खर्च कटौती निकायमा रहेका उनले गत साता ट्रम्प प्रशासन छाडेका थिए। ट्रम्प प्रशासन छाडेपछि उनले पहिलो पटक यसरी आलोचना गरेका हुन्।

मे ३१ मा ट्रम्प प्रशासनबाट बिदा भएका दक्षिण अफ्रिकामा जन्मिएका बिलियिनर मस्कले राम्रो काममा भने सधैँ साथ दिने बताएका थिए।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ८ : १३ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि