अझै तीन दिन पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

अझै तीन दिन पानी पर्ने सम्भावना


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आंशिक देखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । जस अनुसार सोमबार आज मौसममा सामान्य बदली रहेने विभागले जनाएको छ । देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ०७ गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०८ गते (बुधबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : १६ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको