महेश बर्तौलाले भने- प्रतिपक्षीको माग पुरा गर्न सकिँदैन, गृहमन्त्रीको राजीनामा आउँदैन « Khabarhub

महेश बर्तौलाले भने- प्रतिपक्षीको माग पुरा गर्न सकिँदैन, गृहमन्त्रीको राजीनामा आउँदैन


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पुरा गर्न असम्भव रहेको बताएका छन् ।  

बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन् ।

उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे ।

संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए ।  

बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धन बनाउन नमिल्ने धारणा राखे  । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ