कार्बाइड हालेर पकाएको आँप बजारमा, सचेत हुन विज्ञको सुझाव (तस्बिरहरू) « Khabarhub

कार्बाइड हालेर पकाएको आँप बजारमा, सचेत हुन विज्ञको सुझाव (तस्बिरहरू)


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजन सुरु नहुँदै बजारमा आँप बिक्री हुन थालेको छ । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ ।

कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । सिजनमा प्राकृतिक रुपमा पाकेको फलफूलमात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ ।

राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्व पनि नपाइने जानकारहरू बताउँछन् ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो ।

यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ केजी आँप नष्ट गरेको थियो । काठमाडौंमा भने यसको प्रभावकारी अनुगमन भएको छैन ।

काठमाडौं महानगरपालिकाले यसै साता कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको थियो । त्यसमा तरकारीसँगै लिचीको विषादी परीक्षण भएको थियो । लिचीमा भने विषादी पाइएको थिएन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ९ : ५५ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान