सङ्खुवासभामा विपद् प्रतिकार्य अभ्यास   « Khabarhub

सङ्खुवासभामा विपद् प्रतिकार्य अभ्यास  


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो । अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको प्राथमिक उपचार, विस्थापितको व्यवस्थापन तथा राहत सामग्री वितरण प्रक्रिया समेटिएको थियो । 

प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले भने, ‘यसवर्ष देशभर अधिक वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम उच्च छ । यस्तो जोखिमलाई मध्यनजर गर्दै नागरिकको शीघ्र उद्धार तथा राहतका लागि पूर्वतयारी नमूना अभ्यास गरिएको हो ।’

अभ्यासले सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय, सञ्चार र द्रुत प्रतिकार क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, विपद् व्यवस्थापन अझै पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेकाले स्थानीयस्तरमा आवश्यक स्रोतसाधन अभावका कारण विपद्का बबेला उद्धारमा कठिनाइ हुने जनाइएको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : १३ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स