राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल « Khabarhub

राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।  

बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सबल र दुर्वलपक्ष दुवै भएको र समाजवादको आधार कृषि उत्पादन भएकाले सम्पूर्ण जमिन राष्ट्रियकरण हुनुपर्ने धारणा राखे।

सदस्य सुमित्रा विसीले बजेटका धेरै राम्रा पक्ष भएको र स्वास्थ्यमा लगानी वृद्धि, स्वास्थ्य बिमाका बारेमा सुधार भइरहेको बताइन्। उनले प्राकृतिक चिकित्साको क्षेत्र र राष्ट्रिय गौरवका योजनामा तुलनात्मक रुपमा राम्रो बजेट विनियोजन भएको बताइन्।

सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा दलितका लागि कार्यक्रम आए पनि दलितका हितमा नदेखिएको बताए। सदस्य नारायणदत्त भट्टले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सदस्य उदयबहादुर बोहोराले बजेट आफैँमा सरकारको काम गर्ने प्रतिबद्धता भएकाले रोजगार केन्द्रित कार्यक्रम समावेश भएकाले शिथिल अर्थतन्त्र उकास्ने खालको भएको बताए।

सदस्य कृष्णप्रसाद अधिकारीले आर्थिक वृद्धिदरलाई जोड दिनुपर्ने र मुलुकको आर्थिकस्तर उकास्न २० अर्ब राजस्व उठाउन सक्नुपर्नेमा जोड दिए । सदस्य विष्णुदेवी पुडासैनीले समाजवादको दिशामा अघि बढ्ने, नेपालको जल्दोबल्दो समस्या समाधान गर्ने खालको बजेट भएको र शिक्षित युवालाई स्वरोजगार बनाउने कार्यक्रम भएकामा प्रशंसा गरिन्।

सदस्य गोमादेवी तिमिल्सिनाले बजेट राम्रो भए पनि कार्यान्वयनमा कठिनाइ हुने र प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध गर्दै कृषिमा आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
 
अर्का सदस्य भुवनबहादुर सुनुवारले सरकारले छुवाछुत तथा भेदभावविरुद्ध अभियान सञ्चालन गर्ने भनिएको कार्यक्रम स्वागतयोग्य भएको र यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गरे । सदस्य पदमबहादुर परियारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक आगामी मङ्सिर १ गतेदेखि प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्न खोज्नु राम्रो भएको र जातीय विभेद न्यूनीकरण गर्ने कुरामा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ०८ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा