गाजामा इजरायली हमला, १० जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली हमला, १० जनाको मृत्यु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणले बिहीबार प्यालेस्टिनी क्षेत्रमा कम्तीमा १० जनाको ज्यान लिएको तथा सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले भने, ‘बिहानदेखि इजरायली आक्रमणबाट अहिलेसम्म १० जना शहीद भएका छन् ।’

आक्रमणहरूले दक्षिणी सहर खान युनिस र गाजा सहर र मध्य सहर देइर अल–बालाहका घरहरूमा विस्थापित नागरिकहरूले शरण लिइरहेका क्षेत्रलाई लक्षित गरेका थिए ।

इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । हमासलाई पराजित गर्ने प्रयास स्वरुप इजरायलले पछिल्लो समयमा गाजामा आक्रमण अझ तीव्र बनाएको छ । 
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ४६ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको