पर्यावरण संरक्षणमा भारतको पहल, मनाइयो विश्व वातावरण दिवस « Khabarhub

पर्यावरण संरक्षणमा भारतको पहल, मनाइयो विश्व वातावरण दिवस


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय दूतावासले विश्व वातावरण दिवस २०२५ ‘प्लास्टिक प्रदूषण हटाऔं’ भन्ने नारासहित मनाएको छ ।

वातावरणीय संरक्षणप्रति प्रधानमन्त्री नरेन्द्र मोदी नीति अनुसार ‘पर्यावरणमै जीवन छ’ भन्ने भारतको सांस्कृतिक दर्शनको सन्देश यस अवसरमा विशेष रूपमा उजागर गरिएको छ।

कार्यक्रम अन्तर्गत दूतावास परिसरमा वृक्षारोपण गरिएको थियो। उक्त कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठाकुरी, नेपालस्थित भारतीय राजदूत, भारतीय दूतावासका अधिकारीहरू, केन्द्रीय विद्यालय काठमाडौं का विद्यार्थीहरू तथा नेपाली भूमिमा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरू सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री मोदीको विशेष भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो। उनले पृथ्वीप्रतिको हाम्रो दायित्व र भारतको पुरातन ग्रन्थ अथर्ववेदमा उल्लेखित ‘पृथ्वी हाम्रो आमा हुन्, हामी उहाँका सन्तान’ भन्ने मन्त्रलाई उद्धृत गर्दै वातावरण संरक्षणमा भारतले गरिरहेको पहलबारे प्रकाश पारे।

गत ११ वर्षमा भारतले जलवायु परिवर्तनको मुद्दामा अनुयायीबाट अगुवा राष्ट्रमा रूपान्तरण भएको उल्लेख गर्दै उनले नीतिगत स्पष्टता, सार्वजनिक सहभागिता र स्वच्छ ऊर्जा प्रवर्द्धनमार्फत भारतले हरित भविष्यको निर्माणतर्फ दृढ पाइला चालेको बताए।

कार्यक्रममा दूतावासद्वारा सञ्चालन गरिएको वर्षव्यापी वृक्षारोपण अभियान को झलक पनि प्रस्तुत गरिएको थियो।

यसले पर्यावरणका लागि जीवनशैली अभियानप्रति भारतको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । प्रधानमन्त्री मोदीद्वारा प्रवर्तित उक्त अभियानले दिगो, सचेत र वातावरणमैत्री जीवनशैली अपनाउने कुरालाई विश्वव्यापी सन्देश दिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : १० बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले