देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन « Khabarhub

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका डडेल्धुराका कर्णसिंह रावलको निधन भएको छ । 

०५६ सालदेखि लगातार देउवाविरुद्ध चुनावी प्रतिष्पर्धा गर्दै आएका रावलको शुक्रबार बिहान डडेल्धुराको अमरगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो । 

नवदुर्गा गाउँपालिकामा पर्ने मम्या गाउँका रावल सदरमुकाम अमरगढी नगरपालिकामा बस्दै आएका थिए । ‘मम्याल बाजे’ का नामले परिचित उनी ०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । 

उनी ०४८ सालको संसदीय निर्वाचनमा देउवालाई जिताउन चुनावी अभियानमा सक्रिय थिए । तर, ०५४ सालमा तीन दशक लामो सरकारी सेवाबाट अवकाश पाएपछि रावलले ०५६ सालको निर्वाचनमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

मालपोत कार्यालयमा रहँदा सरुवासम्बन्धी विवादले उनी पूर्वप्रधानमन्त्री देउवासँग खिन्न भएका थिए । त्यसपछि उनले जीवनभर देउवासँग प्रतिस्पर्धा गर्ने अठोट लिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा उनले ४४२ मत पाएका थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा रावलको पक्षमा २८० मत खसेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३२ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले