देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन | Khabarhub Khabarhub

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका डडेल्धुराका कर्णसिंह रावलको निधन भएको छ । 

०५६ सालदेखि लगातार देउवाविरुद्ध चुनावी प्रतिष्पर्धा गर्दै आएका रावलको शुक्रबार बिहान डडेल्धुराको अमरगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो । 

नवदुर्गा गाउँपालिकामा पर्ने मम्या गाउँका रावल सदरमुकाम अमरगढी नगरपालिकामा बस्दै आएका थिए । ‘मम्याल बाजे’ का नामले परिचित उनी ०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । 

उनी ०४८ सालको संसदीय निर्वाचनमा देउवालाई जिताउन चुनावी अभियानमा सक्रिय थिए । तर, ०५४ सालमा तीन दशक लामो सरकारी सेवाबाट अवकाश पाएपछि रावलले ०५६ सालको निर्वाचनमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

मालपोत कार्यालयमा रहँदा सरुवासम्बन्धी विवादले उनी पूर्वप्रधानमन्त्री देउवासँग खिन्न भएका थिए । त्यसपछि उनले जीवनभर देउवासँग प्रतिस्पर्धा गर्ने अठोट लिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा उनले ४४२ मत पाएका थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा रावलको पक्षमा २८० मत खसेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३२ बजे

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास