वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको बताएका छन्  । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गोकर्णेश्वर ५, बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए। 

बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतिसहित उपत्यकाका विष्णुमति, धोविखोला लगायतका सबै नदिलाई ढलमुक्त बनाउने गरि काम भइरहेको बताए।

नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षरोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नी भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ उनले भने।

अहिलेको बजेटले पनि उपत्यका नदि स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नति गर्न बजेटमा प्राथमिकता दिएको जानकारी दिए । शहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदि स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको छ । 

कार्यक्रममा ४० करोड भन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको भन्दै नगर प्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए ।

कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री सिंहको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३९ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले