तदर्थ समितिविरूद्ध तरुण दलको एउटा समूहले घेर्‍यो सानेपा (तस्बिरहरू) | Khabarhub Khabarhub

तदर्थ समितिविरूद्ध तरुण दलको एउटा समूहले घेर्‍यो सानेपा (तस्बिरहरू)


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरूले मोटरसाइकल र्‍यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उदेश्यका साथ उनीहरुले विभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन् ।

२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंगो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईले बताए ।

उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अब म्याद थप गर्न नहुने धारणा राखे।

उनीहरूले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतःविघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसाथ् गर्दै नयाँ तदर्थ समितको माग गरेका छन् ।

नेपाल तरुण दल केन्द्रीय सदस्यहरूको बृहत भेलाबाट वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न आग्रहसहितको तरुण दलले प्रदर्शन गरेका हुन् ।

उनीहरूले पुरानो बानेश्वरबाट सुरु गरेको र्‍याली सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरसम्म पुगेको छ । त्यहाँ पुगेर उनीहरूले नाराबाजी गरेपछि प्रहरीलाई स्थिति सम्हाल्न हम्मे परेको थियो । केहीबेर दुई पक्षबीच धक्कामुक्का पनि भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  २ : ५२ बजे

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास