प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ « Khabarhub

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।

संघीय संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले कांग्रेस सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।

‘अहिलेका राजनीतिक घटना क्रमको विषयमा प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ भन्ने विषय पनि भयो,’ बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो रावजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ थियो ।

‘आज हामी पहिला प्रतिपक्षीहरू बस्यौँ । छानबिन मुख्य कुरा हो, भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा भयो प्रतिपक्षको भयो,’ प्रचण्डले भने ।

उनले सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमत देखिए पनि संसदीय छानबिन समिति, न्यायिक समिति वा अन्य अरू के गर्ने भन्ने विषयमा सहमति भइनसकेको पनि बताए ।

‘सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमतै देखिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिले संसदीय छानबनि समिति बनाएर जाने या पूर्वन्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबनि गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन ।’

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : ५८ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका