११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान | Khabarhub Khabarhub

११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । 

शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन । जेठको १९ गतेदेखि ३० गते सम्म जेनेभामा ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन सञ्चालन भई रहेको छ । यसअघिका जारी सेसनहरूमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाई रहेका छन् । 

यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण,  सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दस बर्से आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नु हुनेछन् ।

सचिवालयले जनाइए अनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ. हाउङवो  र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । 

मन्त्री भण्डारीले साइडलाइन छलफलको क्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक सुश्री मिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको विषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।  

त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संसाधन मन्त्रीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक सुश्री एमी पोपसँग पनि आप्रवासनको विषयमा द्विपक्षीय छलफल हुने निजी सचिवालयले बताएका छन् । 

त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

उनले जेठ २९ मा हुने सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मन्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ, ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : ०६ बजे

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ