सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

छलफलमा भाग लिने प्रदेशसभा सांसदहरू ललिता सुनार, मानबहादुर धामी, तुलसी देवकोटा, धर्मराज पाठक, खुसीराम डगौरा थारू, प्रकाश रावल, डा ताराप्रसाद जोशी, मधुदेवी भारती, दमनबहादुर भण्डारी र पदमबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कतिपय विषय छुटेका भन्दै ती विषय समेट्नुपर्ने सुझाव दिए ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भनी सभामा प्रस्ताव पेस गरेका थिए । 

आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरिएको छ । 

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सांसद शिवराज भट्ट र चक्रबहादुर मल्लले भाग लिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । बैठकको प्रारम्भमा प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : ११ बजे

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा