आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै | Khabarhub Khabarhub

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ ।

प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार  मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।

विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो ।

विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ ।

संविधानसभाबाट जारी भएको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ ।

खाद्य स्वच्छता र गुणस्तरको लागि ऐनका प्रावधान परिपालनामा विभिन्न सरोकारवालाको महत्वपूर्ण भूमिका हुने र आआफ्नो क्षेत्रबाट उपयुक्त रूपमा सम्बोधन गर्न सम्बन्धित सरकारी एवम् गैरसरकारी सङ्घसंस्था अन्तर्राष्ट्रिय विकास साझेदारी सङ्घसंस्था, खाद्य उद्योग, खाद्य तथा पोषणसँग सम्बन्धित सङ्घसंस्था, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरी दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : ०५ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का