विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास « Khabarhub

विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका– ४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताए । विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको उनको भनाइ छ ।

विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी,  उद्धार सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलबाट उद्धार प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्यको अभ्यास लगायत गरिएको थियो ।

रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेड क्वाटरका गणपति सन्तोषकुमार बस्नेतले यस्ता गतिविधिबाट विपदमा उद्धार र राहतमा सघाउ पुग्ने बताए । अभ्यास कार्यमा करिव दुई सय ५० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ८ : २४ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक