समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल « Khabarhub

समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनताको माझमा पुगेको बताएका छन् । 

आज पत्रकारहरूसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। 

उनले भने, ‘जनताको समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।’

अन्य दलहरूसँगको कार्यगत एकता एवं एकीकरण गर्ने क्रममा अघि बढेको उनले जानकारी दिए । फरक प्रसङ्गमा उनले पूर्वप्रधानमन्त्रीलाई अख्तियारले गरेको अनुसन्धानलाई प्रतिशोधको आरोप लगाए। उनले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत निर्णय भन्ने गरिएको बताए।

उनले भने, ‘जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तरदायी बनाउने कुरा राम्रो हो, तर त्यसलाई गलत प्रयोग गर्दा प्रतिशोध हुन्छ ।’

सरकारले भिजिट भिसाको विषयमा आयोग बनाएर छानबिन गर्नुपर्ने उनले बताए। संसद्मा प्रश्न उठिसकेपछि राज्यले त्यसलाई अध्ययन गर्नका लागि आयोग बनाएर छानबिन गर्नुपर्छ भन्दै उनले माओवादी केन्द्रले अहिले आयोगको माग गरेको बताए।
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ११ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा