मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प « Khabarhub

मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै धनाढ्य व्यापारी एलन मस्कको कम्पनीबाट खरिद गरेको कार नै बेचिदिने भएका छन्‌ ।

ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको लेनमा राखिएको रातो रङ्गको कार पत्रकारहरूलाई देखाउँदै उनले उक्त कारको क्रेता आफू रहेको भनेका थिए ।

तर, ट्रम्पले अब उक्त कार बेच्ने भएका हुन्‌ । मस्कसँग मनमुटाव भएपछि उनको कम्पनीबाट खरिद गरिएको कार नै बेच्ने योजना ट्रम्प पुगेका बीबीसीमा खबर छ ।

आर्थिक मामिलामा ट्रम्प प्रशासनको हर्ताकर्ता भएर मस्कले अमेरिकाबाट विश्वभर प्रवाह भइरहेको सहायतामा डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)मार्फत कैँची चलाएका थिए । अमेरिकी अर्थ-राजनीतिक विश्लेषकहरूले ट्रम्प राष्ट्रपति भए पनि अमेरिकी सङ्घीय सत्ताको हर्ताकर्ता खर्बपति व्यापारी एलन मस्क नै रहेको बताउने गर्थे ।

तर, १२९ दिनसम्म विश्वभरका अमेरिकी सहयोगापेक्षीलाई हराभरा खेलाएका मस्क एकाएक डजबाट बाहिरिएका थिए । राष्ट्रपति ट्रम्पले ल्याएको कर र खर्चसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो जिम्मेवारीबाट बिदा लिएका थिए ।

त्यसयता उनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई सत्तोसराप गरिरहेका छन्‌ । ट्रम्पबाट पनि उनले उस्तै जवाफ पाइरहेका छन्‌ ।

ट्रम्पले बिहीबार ‘मस्कले आफ्नो कम्पनी टेस्लालाई घाटा हुने भएर आफूले ल्याएको खर्च विधेयकको विरोध गरेको’ आरोप लगाएका थिए । विद्युतीय गाडी (ईभी) ले पाइरहेको कर छुट विधेयकमार्फत अन्त्य गर्न खोजेकाले मस्क चिढिएको उनको दाबी थियो ।

पछिल्लो समय भनाभन भएपछि ट्रम्पले मस्कका कम्पनीसँग अमेरिकी संस्थानहरूले गर्ने व्यापार सम्झौता तोड्नेसम्मको धम्की दिएका छन्‌ । यस्तो धम्की आएपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोग लगाउन माग गरेका छन्‌ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ३४ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक