इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप « Khabarhub

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको कडा आलोचना गर्दै उक्त निर्णयलाई ‘जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब’ भएको बताएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । उक्त निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेज़ा हाशेमी–रजा का अनुसार, जुन ९ देखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्‍ठताको सोच हाबी भएको स्पष्ट संकेत’ हो ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउँछ ।’

 
इरानबाहेक, प्रतिबन्ध लाग्ने अन्य देशहरूमा अफगानिस्तान, म्यानमा, चाड, कङ्गो (ब्राजाभिल), इक्वेटोरियल गिनी, एरिट्रिया, हेइटी, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । साथै, थप सात देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाइएको छ ।


हाशेमी रजाले भने, ‘यस नीतिले अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू उल्लंघन गर्दछ र नागरिकता वा धर्मको आधारमा करोडौँ मानिसलाई यात्रा गर्न पाउने अधिकारबाट वञ्चित गराउँछ ।’

 उनले यस प्रतिबन्धलाई विभेदकारी भन्दै अमेरिकालाई यसको अन्तर्राष्ट्रिय कानुनी जवाफदेहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ, यद्यपि सोको विस्तृत विवरण उल्लेख गरिएको छैन । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको हो । त्यसयता, दुबै मुलुकबीचको सम्बन्ध लगातार तनावग्रस्त रहँदै आएको छ ।

इरानबाहिर सबैभन्दा ठूलो इरानी समुदाय संयुक्त राज्य अमेरिकामै बसोबास गर्छ । इरानी विदेश मन्त्रालयका अनुसार, सन् २०२० मा अमेरिका भित्र करिब १५ लाख इरानी नागरिक रहेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ४ : १३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको