बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ  « Khabarhub

बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । 

बोर्डको ३३औँ वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले चाँडै भवन निर्माण कार्य सुरु हुने जानकारी गराएका छन् । 

बोर्ड हाल ललितपुरको खुमलटारमा भाडाको भवनमा छ । बोर्डको आफ्नै भवन हुनुपर्ने लामो समयदेखि माग उठ्दै आए पनि बोर्डले आफ्नो भवन भने बनाउन सकेको थिएन । पुँजी बजारको सबैभन्दा ठूलो निकायको आफ्नो भवन समेत नभएको भन्दै बारम्बार आलोचना हुने गरेको थियो । 

बोर्डको नृतत्व गर्ने आएका अन्य अध्यक्षहरूले समेत भवन बनाउने कुरा गरे पनि बनाउन भने सकेका थिएनन् । बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा भने अध्यक्ष श्रेष्ठले बोर्डको भवन बनाउन जग्गा किन्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन् । 

‘हामीले आवश्यक प्रक्रिया पूरा गर्दै जग्गा खरिदलाई अन्तिम चरणमा पुर्‍याएका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘अब चाँडै नै भवन निर्माण कार्य सुरु हुनेछ ।’

कर्मचारीको क्षमता विकास, जिम्मेवारी पुनर्वितरण र उत्प्रेरणाको व्यवस्था गर्नुपर्ने समेत अध्यक्षले बताए । नेपालको पुँजी बजारको नियमन र विकासमा सेबोनको स्थायित्व र पूर्वाधार सुदृढीकरणले नयाँ गति थप्ने श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : २९ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न