बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ  | Khabarhub Khabarhub

बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । 

बोर्डको ३३औँ वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले चाँडै भवन निर्माण कार्य सुरु हुने जानकारी गराएका छन् । 

बोर्ड हाल ललितपुरको खुमलटारमा भाडाको भवनमा छ । बोर्डको आफ्नै भवन हुनुपर्ने लामो समयदेखि माग उठ्दै आए पनि बोर्डले आफ्नो भवन भने बनाउन सकेको थिएन । पुँजी बजारको सबैभन्दा ठूलो निकायको आफ्नो भवन समेत नभएको भन्दै बारम्बार आलोचना हुने गरेको थियो । 

बोर्डको नृतत्व गर्ने आएका अन्य अध्यक्षहरूले समेत भवन बनाउने कुरा गरे पनि बनाउन भने सकेका थिएनन् । बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा भने अध्यक्ष श्रेष्ठले बोर्डको भवन बनाउन जग्गा किन्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन् । 

‘हामीले आवश्यक प्रक्रिया पूरा गर्दै जग्गा खरिदलाई अन्तिम चरणमा पुर्‍याएका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘अब चाँडै नै भवन निर्माण कार्य सुरु हुनेछ ।’

कर्मचारीको क्षमता विकास, जिम्मेवारी पुनर्वितरण र उत्प्रेरणाको व्यवस्था गर्नुपर्ने समेत अध्यक्षले बताए । नेपालको पुँजी बजारको नियमन र विकासमा सेबोनको स्थायित्व र पूर्वाधार सुदृढीकरणले नयाँ गति थप्ने श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : २९ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल