राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन | Khabarhub Khabarhub

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति रोष प्रकट गरेका छन् ।

केही दिनदेखि पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त छिन् । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी भण्डारीले राजनीतिमा गर्न खोजेको पुनरागमन प्रयासलाई ओलीले रोषपूर्ण टिप्पणी गरेका हुन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत ओलीले महाधिवेशनको टुंगो नै नभएको अवस्थामा एमालेमा फलाना आउने रे भनेर हल्ला चलाउनुको अर्थ नरहेको बताए ।

‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भने, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’

उनले भण्डारी चीनबाट फर्किएपछि जिल्ला दौडाहामा रहेका बेला पार्टी कार्यकर्ताको मनस्थिति बिगार्न खोजिएको बताए । ‘पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई जवाफ दिनुस् । पार्टीका आन्तरिक कुरा छन् भने पार्टीमै गरौँ’, उनले भने, ‘पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने कुरा आन्तरिक हुँदैन । बाहिर गएर गरिने हमलालाई आन्तरिक मामिला भन्न मिल्दैन । बाहिर गएर कसैले ढुंगा हान्छ भने सहिँदैन ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : १५ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी