स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित « Khabarhub

आइसिसी विश्वकप लिग–२

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपाल दुई रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२१ रन बनाउन सक्यो ।

नेपालका लागि भीम सार्की, सोम्पाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । भीमले ८५ बलमा आठ चौका सहित ७३ रन बनाएका थिए । उनले आठ चौका प्रहार गरे । यस्तै सोम्पालले पनि ४४ बलमा तीन चौका र चार छक्कासहित ६७ रन बनाए । दीपेन्द्रले ५६ रन बनाए । ५१ रनको सामना गरेका ऐरीले दुई चौका प्रहार गरे ।

यस्तै आरिफ शेखला ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउट भएका थिए । गुल्शन झा ११ रनमा आउट भएका थिए । त्यस्तै ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।

स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले तीन तथा माइकल लीस्कले दुई विकेट लिए लिए ।

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ११ : ३३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय