स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित « Khabarhub

आइसिसी विश्वकप लिग–२

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपाल दुई रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२१ रन बनाउन सक्यो ।

नेपालका लागि भीम सार्की, सोम्पाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । भीमले ८५ बलमा आठ चौका सहित ७३ रन बनाएका थिए । उनले आठ चौका प्रहार गरे । यस्तै सोम्पालले पनि ४४ बलमा तीन चौका र चार छक्कासहित ६७ रन बनाए । दीपेन्द्रले ५६ रन बनाए । ५१ रनको सामना गरेका ऐरीले दुई चौका प्रहार गरे ।

यस्तै आरिफ शेखला ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउट भएका थिए । गुल्शन झा ११ रनमा आउट भएका थिए । त्यस्तै ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।

स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले तीन तथा माइकल लीस्कले दुई विकेट लिए लिए ।

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ११ : ३३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर