विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला | Khabarhub Khabarhub

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि समिति बनाउन इन्कार गरेको छ । प्रतिपक्षी दलहरूसँग सोमबार भएको छलफलमा कांग्रेसले छानबिन समिति गठनको प्रस्ताव इन्कार गरेको हो ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा मानव तस्करी रोक्न सर्वदलीय बिशेष समिति बनाएर अघि बढ्ने प्रस्ताव गरिएको थियो ।

तर, कांग्रेसले रास्वपाले गरेको प्रस्तावबारे आफूले चुनावी घोषणा पत्रमै लेखेको जवाफ दिएको छ । बैठक बिनानिष्कर्ष टुंगिएपछि छलफलका क्रममा रास्वपाले कांग्रेस सामु राखेको प्रस्ताव र कांग्रेसले दिएको जवाफ सामाजिक सञ्जाल एक्स (ट्विटर) मा साझा गरेका छन् ।

‘रास्वपा : सर्वदलीय विशेष समिति बनाएर यो देशमा रहेको मानव तस्करी रोकौं,’ कार्यवाहक प्रवक्ता झाले लेखेका छन्, ‘कांग्रेसः त्यो त हाम्रो चुनावी घोषणापत्रमा लेखेको नै छ नि । आउँदो निर्वाचनमा पनि लेखौँला ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा कांग्रेस सहमत नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएन । छलफलमा केही निष्कर्ष निस्केन ।’

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार कांग्रेससँगको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी रास्वपाका नेताहरू सहभागी थिए ।

आइतबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : ५१ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।